Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

६ ‘मर्चेन्ट बैंक’ लाई भेञ्चर क्यापिटल सञ्चालन अनुमति

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले एकैसाथ ६ कम्पनीलाई भेन्चर क्यापिटलको अनुमति दिएको छ । बोर्ड सञ्चालक समितिको बैंठकले एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेडललाई भेञ्चर क्यापिटल सञ्चालनको अनुमति दिएको हो ।

यसअघि अवसर इक्विटि फण्ड लिमिटेड र ग्लोबल इक्विटी फण्डलाई धितोपत्र बोर्डले भेन्चर क्यापिटलको अनुमति दिएको थियो । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले थप ६ कम्पनीलाई भेञ्चर क्यापिटलको अनुमति दिने निर्णय गरेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिनुभयो ।

यस्तै बोर्डले तोकेको कागजात र मापदण्ड पूरा गर्ने आध्यान्त फण्ड लिमिटेडलाई पूर्वाधार तयार गर्न निर्देशन दिएपनि कम्पनीको पूर्वाधार तयार हुन बाँकी रहेकोले अनुमति नपाएको बोर्डले जनाएको छ ।