September 11th, 2022

वित्तीय सेवाहरु प्रदान गर्न लघुवित्तकाे महत्व

नेपालमा लघुवित्त कार्यक्रमले विपन्न वर्गका महिलाहरुलाई मध्यम वर्गमा रुपान्तरण गरेको छ । राज्यको पहुँच नपुगेका नेपालका अति विकट, दुर्गम ग्रामीण बस्तीहरुमा गई त्यहाँका अति विपन्न विषम कहाली लाग्दा गरिव महिला वर्गहरुलाई वित्तीय कार्यक्रममार्फत गरिब जनताको आर्थिक, सामाजिक, शैक्षिक अवस्थालाई माथि उकास्न र मध्यम वर्ग सँग सँगै जीविका चलाउन सकोस् र गरिबकक वर्गका मजदुर, किसानहरुले वित्तीय सेवाको अनुभुति प्राप्त गरोस् भन्ने उदश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरु हाल देशको गरिबी न्युनीकरण गर्ने प्रमुख औजारको रुपमा लिइएको छ ।

पक्कै पनि देशको कहाली लाग्दो अर्थतन्त्रसँगै हाल लघुवित्त क्षेत्रले विभिन्न प्रकारको चुनौतीहरुको सामना गरेता पनि आफ्ना ग्राहक सदस्यहरुलाई भने भरपुर रुपमा वित्तीय सेवाहरु प्रदान गरिरहेका छन् ।

नेपालको संविधानको भावना अनुरुप यो मुलुक लाई समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अग्रसर गराउनका लागि एउटा महत्वपुर्ण आधार भनेको नेपालको लघुवित्त कार्यक्रम हो, जसले अशिक्षित महिला समुदायलाई दैनिक अति आधाभुत आवश्यकताहरु परिपूर्ति गर्न सहज भएको छ । जस कार्यक्रमले आफनो नाम समेत लेख्न नसक्ने जनतालाई वित्तीय सारक्षरता कार्यक्रम मार्फत शिक्षित बनाएको छ ।

लघुवित्त सेवामार्फत लघु कर्जा, लघुबीमा, बचत र रेमिट्यान्सका साथै गैर वित्तीय सेवाहरु मार्फत वित्तीय सेवा दिँदै आइरहेका छन् ।नेपालको सन्दर्भमा गरिबी न्यूनीकरणको ‘अचूक अस्त्र लघुवित्त कार्यक्रम हो’ । त्यसैले यस क्षेत्रको जटिल चुनौतीहरु लाई राज्यले बुझ्न र सम्बोधन गर्न अति आवश्यक देखिन्छ ।

जय बहादुर विटालु (विजय वि क्षेत्री)
जाजरकोट


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]