Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इच्छाराज प्रकरण : ठगीको सम्पत्ति शुद्धीकरण गरेको फेला

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारले नै सहकारीको ठगी रकम सम्पत्ति शुद्धीकरण गरेको फेला परेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र छोरीहरु प्रतिक्षा र प्रतिसाले सम्पत्ति शुद्धीकरण गरेको भेटिएको हो ।

विभागका अनुसार तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेका छन् । यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।

छोरीहरु प्रतिक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । यस्तै, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ ।