Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुले डेढ महिनामा लिए १२ खर्ब १३ अर्ब एसएलएफ सुविधा

२०७९ भाद्र १५ गते

बैंकिङ खबर/  वाणिज्य बैंकहरुले भदौ १४ गतेसम्म १२ खर्ब १३ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार साउन १ देखि भदौ १४ गतेसम्म बैंकहरुले उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ६६७ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार नै बैंकहरुले ३२ अर्ब ९१ करोड एसएलएफ सुविधा लिएका छन् । सबैभन्दा बढी साउन २ गते ६७ अर्ब ७४ करोड, भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

स्थायी तरलता सुविधा भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।