Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गाडी, मदिरा, मोबाइलको आयात प्रतिबन्ध लम्ब्याइयो

२०७९ भाद्र १४ गते


बैंकिङ खबर/ सरकारले विभिन्न ४ प्रकारका वस्तुको आयात प्रतिबन्ध लम्ब्याएको छ । राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले ४ प्रकारका वस्तुको आयात असोज २८ गतेसम्म लम्ब्याएको हो । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ ।

अब जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध हुनेछ ।

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ ।

 

Ad