Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको टोल–टोलमा एटिएम : यसरी गर्नुहोस् ‘एटिएम कार्ड’ को सुरक्षा(भिडियोसहित)

२०७९ भाद्र १४ गते

बैंकिङ खबर/ अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तर्राष्ट्रिय बैंकिङ भाषामा प्लाष्टिक मनि भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।

यसैबीच नेपालका वाणिज्य बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकको टोलटोलमा एटिएम रहेको छ । जसले गर्दा ग्राहकहरुले सहजै रुपमा सेवा पाएका छन् । हाल एनआईसी एशिया बैंकले ४७३ एटिएम सञ्चालन गर्दै आएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू।३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

टोलटोलमा रहेको बैंकको एटिएम सञ्चालनका लागि विशेष सावधानी भने अपनाउनुपर्ने देखिन्छ । यसैबीच एनआईसी एशिया बैंककी कर्मचारी एरिका श्रेष्ठले एटिएम कार्ड प्रयोगका केहि टिप्सहरु दिनुभएको छ ।

हेरौँ उहाँको केहि टिप्सहरु भिडियोमा

भिडियो