August 26th, 2022

साधनता लघुवित्तको युवा स्वरोजगार सहुलियत कर्जा वितरण

बैंकिङ खबर/ राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले युवा स्बरोजगार सहुलियत कर्जा बितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय हरमटारी गोरखाले युवा स्बरोजगार सहुलियत कर्जा वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

गोरखाको हरमटारीस्थित होटल गोरखा इनमा वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमको आयोजना गरी विभिन्न उद्यमी व्यक्तिहरुलाई पहिलो चरणमा ३२ जना उद्यमी सदस्यहरुलाई उक्त सहुलियतपूर्ण कर्जा बितरण गरेको हो ।

वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको सभापतित्ब तथा गोरखा जिल्ला प्रमुख शंकरहरी आर्चायको प्रमुख आतित्थमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले कर्जाको सदुपयोग गरि नमुना व्यवशायी बन्न सुझाव दिनु भएको थियो । युवा स्वरोजगार कार्यक्रमको कर्जा असुलीको जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी रहने भएकोले कर्जा दुरुपयोग गर्ने र नियमित कर्जा नतिर्नेलाई नियमानुसार कार्यवाही समेत गरिने भनि जानकारी समेत गराउनुभएको थियो ।

कार्यक्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले गोरखा जिल्लाको केन्द्रीय कार्यालय गोरखामा रहेको तथा बित्तीय संस्थाले अन्य लघुवित्त भन्दा फरक किसिमले कार्य गर्दै आएको छ ।

यसै क्रममा यस सहुलियत दरको कर्जाको सदुपयोग गरि आम्दानीमा बृद्धि गरि आर्थिक अवस्थामा परिवर्तन गर्न सुझाव दिँदै यस सहुलियत दरको कर्जामा जम्मा ८ प्रतिशत ब्याज लाग्ने र नियमित रुपमा कर्जा तिरेपछि ब्याजको ६० प्रतिशत ब्याज अनुदान फिर्ता हुने भएकोले ग्राहकलाई व्यवशाय बिस्तारमा निकै सहज हुने कुरा समेत प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी गराउनु भएको थियो ।

कर्जा वित्तरण कार्यक्तम प्रमुख अतिथी तथा गोरखा जिल्लाको प्रमुख अधिकारी शंकरहरी आर्चायले सहभागीहरुलाई चेक बित्तरण गर्नु भएको थियो । कार्यक्रममा कर्जा लिने व्यक्तिहरु,समाजसेवी, सुरक्षानिकाय, बित्तीय संस्थाको कर्मचारीहरु र पत्राकारहरु गरि करीब ५० जना सदस्य सहभागी भएका थिए ।

वित्तीय संस्थाले हाल हिमाल, पहाड र तराईका ३१ जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत १ लाख १ हजार भन्दा बढि सदस्यहरु, लगानीमा रहिरहेको कर्जा ५ अर्ब ५० करोड र सदस्यहरुबाट बचत संकलन १ अर्ब ३५ करोड रहेको व्यहोरा प्रमुख अधिकृत न्यौपानेले जानकारी गराउँदै अगामी दिनमा समेत वित्तीय संस्थाले समाजिक सुरक्षा तथा संस्थागत समाजिक उत्तरदायीत्व अन्तर्गत अन्य कार्यक्रमहरु समेत संचालन गरिने बारे समेत प्रष्ट पार्नु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]