Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तद्वारा ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७९ भाद्र ९ गते

बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुशरण गर्दै आफ्ना दैनिक कामकार्वाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिनुभयो ।
सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयहरु मार्फत करिव ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवाहरु लगायत गैर–वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

Ad