
बैंकिङ खबर/ बीमा समितिले अभिकर्ता तथा बीमा मध्यस्थकर्ताको परीक्षाको छुट्टै कार्यविधि बनाउने भएको छ । समितिले अभिकर्ताको लाइसेन्स लिनु भन्दा अगाडि परीक्षा लिने व्यवस्था गरेसँगै यसको कार्यविधिको पनि तयारी गरेको छ । सोही क्रममा बीमा समितिको भदौ ६ गतेको निर्णयले बीमा मध्यस्थकर्ताहरुको परीक्षा सम्बन्धी कार्यविधि २०७९, मस्यौदा तयार गर्न उप समिति गठन गरेको हो ।
उक्त समितिको संयोजकमा बीमा समितिका सञ्चालक कपिलदेव ओली रहनुभएको छ । नेपाल बीमक संघको तर्फबाट एक जना प्रतिनिधि रहनुभएको छ ।
त्यस्तै जीवन बीमक संघको तर्फबाट सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल रहनुभएको छ । इन्स्योरेन्स इन्ष्टिच्युट नेपालका कार्यकारी प्रमुख भोजराज शर्मा र बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मी सदश्य सचिव रहनुभएको छ ।
उक्त उपसमितिले बीमा मध्यस्थकर्ताको रुपमा काम गर्ने बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता आदी पर्छन् । समितिले पहिलो चरणमा अभिकर्ताको परिक्षालाई प्राथमिकता दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो । अभिकर्तालाई लाइसेन्स दिँदा के कस्ता कार्यविधिहरु आवश्यक पर्छ यहि उपसमितिले तय गर्ने जनाइएको छ ।



