
बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तीय क्षेत्रसँग सम्बन्धित अपराधका घटनाहरु बढ्न थालेका छन् । नेपाल प्रहरीको तथ्यांकले पनि वित्तीय अपराधका घटनाहरु बढि रहेको देखिन्छ । अझ बैंकिङ कसुरका घटनाहरुका फरार अभियुक्तहरु दिनदिनै पक्राउ पर्ने गरेका छन् ।
यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय अपराध रोक्नका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ)सँग छलफल गरेको छ ।
बुधबार सीआईबी प्रमुखसहितको टोलीले पछिल्लो समय बढ्दै गएको वित्तीय अपराध रोक्ने विषयमा बैंकरहरुसँग छलफल गरेको हो ।
बैंकहरु संवेदनशील नभइदिँदा वित्तीय अपराधका घटना बढेको सीआइबीका अधिकारीहरुले बताए । उनीहरुले बैंकहरुले राष्ट्र बैंक र सरकारका नीति निर्देशनहरुको हुबहू पालना गर्ने हो भने यस्ता अपराध धेरै हदसम्म रोक्न सकिने भन्दै बैंकरहरुको ध्यानाकर्षणसमेत गराए ।
सीआईबीले वर्षमा कम्तीमा एकपटक वाणिज्य बैंकका सीइओसँग वित्तीय अपराध न्यूनिकरणका लागि छलफल गर्दै आएको छ ।