Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुनावी खर्चका लागि बैंक खाता खोल्नुपर्ने

२०७९ भाद्र ६ गते

बैंकिङ खबर/ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले चुनावी खर्चका लागि चाहिने रकम राख्न बैंक खाता खोल्नुपर्ने भएको छ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताअनुसार प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको हकमा यस्तो व्यवस्था गरिएको हो। चुनावमा खर्च गर्ने रकम राख्न बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने प्रस्ताव आयोगले गरेको छ।
रु. २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंक खातामार्फत लिनुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ।

व्यक्ति वा संस्थाबाट चन्दाको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाइ दिई उम्मेदवार वा दलको खातामा जम्मा गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसैगरी उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ।

प्रस्तावित निर्वाचन आचारसंहिताअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्नेछ।

Ad