
बैंकिङ खबर/ आइ.सि.एफ.सि.फाइनान्स लि. को प्रमुखकार्यकारी अधिकृतमा पुनः सुनिल पन्त नियुक्त हुनुभएको छ ।उहाँलाई दोस्रो कार्यकालका लागि सञ्चालक समितिको निर्णय बमोजिम मिति २०७९ असोज २५ गतेबाट ४ (चार) वर्षको कार्यकालका लागि प्रमुखकार्यकारी अधिकृतमा पुनःनियुक्ती गरिएको हो ।
पन्तको कार्यकाल मिति २०७९ असोज २४ गतेबाट सकिँदैछ । विगत ३० वर्ष देखि बैंकिङ क्षेत्रमा सकृय रहनु भएका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल हुनु भएका पन्तले यस संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्य सम्पादन गर्दै आउनु भएको छ ।