Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक तथा वित्तीय क्षेत्रमा प्रशस्त रोजगारीको अवसर, छानी-छानी दिनुहोस् आवेदन

२०७९ भाद्र ४ गते

बैंकिङ खबर । विभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् । अहिले कुमारी बैंक, लुम्बिनी विकास बैंक, मेरो बीमा मानुषि लघुवित्त, ज्योति विकास बैंक,समृद्धि फाइनान्स र सनराइज क्यापिटलले कर्मचारीको माग गरेका छन् । यी कम्पनीहरुले आफ्नो विभिन्न शाखा कार्ययका लागि तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेका हुन् ।

कुमारी बैंक

कुमारी बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो शाखा कार्यालयहरु काठमाडौं, पोखरा, नारायणगढ,बुटवल,नेपालगञ्ज,धनगडी, सुर्खेत र विराटनगरका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले सुचना जारी ईच्छुक तथा योग्यता पुगेकाले भदौ १५ गते बैंकिङ समयभित्र कार्यालयमा सम्पर्क गरी आवेदन दिन बैंकले आग्रह गरेको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा,रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, जुनियर असिस्टेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो उपत्यकात्रि तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सनराइज क्यापिटल

सनराइज क्यापिटलले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको छ । बैंकले सम्बन्धीत क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

लुम्बिनी विकास बैंक 

लुम्बिनी विकास बैंक लिमिटेडले  ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको छ । उक्त पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।

समृद्धि फाइनान्स लिमिटेड

समृद्धि फाइनान्स लिमिटेडले ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ६ गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

मेरो बीमा कम्पनी

मेरो बीमा कम्पनीले आइटी अफिसरदेखि विभिन्न पदका लागि ९ जना कर्मचारीको माग गरेको छ ।  कम्पनीले आइटी अफिसरमा एक जना कर्मचारीको माग गरेको हो । एक वर्ष आइटी क्षेत्रमा काम गरेका र बीआइएम, बीसिआइएस तथ बीआइटी अध्ययन गरेकाले यो पोष्टका लागि दर्खास्त दिन सक्नेछन् । साथै एमबीए, एमबीएस गरेका र २ बर्ष सम्बन्धित क्षेत्रमा काम गरेका इच्छुक व्यत्ति मार्केटिङ हेडका लागि दरखास्त दिन सक्नेछन् ।

कम्पनीले ५ जना मार्केटिङ अफिसरको माग गरेको छ । जसमा १ वर्ष सोही क्षेत्रमा काम गरेको र बीबीए, बीबीएम र बीबीएस अध्ययन गरेकाले दर्खास्त दिन सक्नेछन् । साथै बिक्रि कार्यका लागि २ जनाको माग भएको हुँदा एमबीए, एमबीएस गरेकाले दर्खास्त दिन सक्नेछन् । साथै दुई वर्ष अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

मानुषी लघुवित्त 

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । उक्त पदको लागि एसएलसी देखि प्लस टु उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

 मञ्जुश्री फाइनान्सले कर्मचारीको माग गरेको छ । फाइनान्सले सहायक पदका लागि केहि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले स्नातक उत्र्तिण गरेको हुनुपर्ने जनाएको छ । विज्ञापन प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

 

 

Ad