Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफ : नयाँ बोनसदर घोषणा

२०७९ भाद्र ३ गते

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सावाधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख १ लाख ८२ हजार ५४९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । यस्तै सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६४ रुपैयाँ,१५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ देखि २६ वर्ष अवधिसम्मको लागि ७० रुपैयाँ र २६ वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ७६ हजार ९४३ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६३ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २८ हजार ७२४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।