Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल श्रीलंका हुँदैनः पूर्व गभर्नर नेपाल

२०७९ भाद्र १ गते

बैंकिङ खबर/ नेपाल राष्ट बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट नहुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज एकाई समिति भक्तपुरले नेपालको वर्तमान अर्थव्यवस्थाः चुनौती र व्यवस्पथापन विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व गभर्नर डा. नेपालले नेपाल श्रीलंका हुन लाग्यो भनेर जथाभावी नबोल्न अनुरोध गर्नुभयो ।

डा.नेपालले सतामा नभएपछि सत्ताबाट बाहिरिएका नेताहरुले जस्तो पायो त्यस्तो बोल्ने गरेको भन्दै चित्त दुखाउनुभयो । सत्ताबाट बाहिर गएका नेताहरुले अहिले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन लागेको भनी हचुवा बोल्ने गरेको उहाँको भनाई थियो। उहाँले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन खोजेको भन्ने कुरा तथ्यहिन भएको पनि बताउनुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा हरिकृष्ण श्रेष्ठले देखिदोरुपमा अमेरिकाले नेपाललाई सहयोग गरेको भए पनि नदेखिदोरुपमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने, दक्ष जनशक्ति अमेरिका जाने कारण वास्तवमा नेपालले अमेरिकालाई सहयोग गरेको उदाहरण पेश गर्नुभयो

आयोजक इकाईका अध्यक्ष एवं कलेजका पूर्व सहकायक प्रिन्सिपल दीपक धामीलगायतले अर्थशास्त्री र प्राविधिकका समिश्रणबाट मुलकले उन्नतिको बाटो लिनसक्ने बताउनुभयो ।

Ad