
बैंकिङ खबर/ के तपाई सहज बैंकिङ्ग सेवाको खोजीमा हुनुहुन्छ ? एउटै खातामा विविध सेवा सुविधाहरु प्राप्त गर्न चाहनुहुन्छ ? के तपाई एउटै बैंकमा धेरै सुविधाका लागि कुन बैैंकमा खाता खोल्ने भनेर सोच्दै हुनुहुन्छ ? यदि तपाई धेरै भन्दा धेरै सुविधा सहितको बैंकिङ्ग सेवा कसरी र कुन बैंकमा पाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् ।
तपाईहरुको मनमा उब्जिएका यस्ता सवालहरुको जिज्ञासा मेटाउने र एउटै बैंक खाता मार्फत विविध सुविधा उपलब्ध गराउने एउटै अनि उत्तम थलो एन आई सी एशिया बैंक हुनसक्छ । आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न सुविधा सहितको सहज बैंकिङ्ग सेवा उपलब्ध गराउन एन आई सी एशिया बैंकले धेरै फाइदाहरु भएको एवम् बीमा योजना समेत समेटिएको निक्षेप योजना सार्वजनिक गरेको छ ।
एन आई सी एशियाले आफ्नो सेवालाई थप विश्वसनिय, सहज र सबल बनाउने उद्देश्यका साथ आफ्नो नयाँ योजना ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ ग्राहक समक्ष तपाईं हाम्रो घरदैलोमा ल्याएको छ ।
आम स्थानीय समुदायका नागरिकको दैनिक आर्थिक क्रियाकलापमा सहजता ल्याउने एवं आर्थिक उन्नतिको उद्देश्यका साथ एन आई सी एशियाले अतुलनीय फाइदाहरुसहितको सर्वश्रेष्ठ स्थानीय बचत खाता योजना सार्वजनिक गरेको हो ।
उक्त नयाँ बचत खातामा अन्य विभिन्न प्रकारका बचत खाता भन्दा १० गुणा बढी फाइदाहरू रहेका छन् । यो खातामा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो पटक २४ विशेष फाइदाहरु समेटी विभिन्न स्थानीय निकायहरुमा सञ्चालनमा ल्याइएको नवीन बचत खाता भएको दाबी बैंकले गरेको छ ।
नयाँ बचत खाता योजनामा सर्वाधिक उच्च ब्याजदर, ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु उपलब्ध छन् । यस्ता फाइदाहरु निःशुल्क रुपमा ५ वर्षको लागि उपलब्ध रहेको बैंकको भनाइ छ ।
यस योजना अन्तर्गत विशेष गरी तीन श्रेणी छन् ।
१. एन आई सी एशिया गुडविल एम्बेसडर
२. द प्राइड अफ एन आई सी एशिया
३. द पार्टनर अफ एन आई सी एशिया
गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात १० हजार रुपैयाँ तोकिएको छ भने द प्राइड अफ एन आई सी एशियामा ५ हजार रुपैयाँ र द पार्टनर अफ एन आई सी एशियामा २ हजार ५ सय रुपैयाँ न्यूनतम नगद मौज्दात तोकिएको छ ।
यी तीन श्रेणीबाट तपाईंले पाउने फाइदा फरक भएपनि ब्याजदर भने बराबर नै हुने बैंकले जनाएको छ । बैंकले यो खातामा ८.०३ प्रतिशत व्याज प्रदान गर्नेछ । स्थानीय स्तरका जनताहरुको आर्थिक एवं सामाजिक उन्नति एवम् सर्वोत्तम हितलाई ध्यानमा राखेर विविध फाइदाहरु बैंकले प्रदान गर्ने बैंकले जनाएको छ ।
बीमामा के के छन् सुविधा ?
एन आई सी एशियाको नयाँ योजना ‘सर्वश्रेष्ठ (स्थानीय) बचत खातामा’ १० देखि ८४ लाख रुपैयाँसम्म बीमा सुविधा संलग्न रहेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको ‘सर्वश्रेष्ठ (स्थानीय) बचत खाता’ योजनामा सहभागी हुने ग्राहकले ८४ लाख रुपैयाँसम्मको ३ वटा बीमाका फाइदाहरु ५ वर्षसम्म प्राप्त गर्न सक्नेछन् । बचतसँगै बीमा सम्बन्धी नयाँ योजनाले भविष्यको भवितव्य सामना गर्न सहज हुने विश्वास बैंकको छ ।
यसमा निम्नलिखित ३ प्रकारका बीमा फाइदाहरु उपलब्ध छन्–दुर्घटना बीमा, घातक रोग बीमा र स्वास्थ्य उपचार बीमा । गुडविल एम्बेसडर खातामा ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, विभिन्न १८ वटा घातक रोग लागेको खण्डमा त्यसको उपचारका लागि ४० लाख रुपैयाँको घातक रोग बीमा र औषधी उपचार बापत ४ लाख रुपैयाँसम्मको मेडिकल बीमा गरी कुल ८४ लाख रुपैयाँसम्मको बीमा फाइदाहरु उपलब्ध छन् ।
यस योजना अन्तर्गत बचतकर्ता एवं निजले मनोनित गर्ने परिवारका अन्य ३ जना सदस्यलाई समेत खातावाला बराबर सबै प्रकारका बीमा सुबिधा प्रदान गरिएको बैंकले जनाएको छ ।
प्राइड श्रेणी अन्तर्गत बचतकर्ताले २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, विभिन्न १८ प्रकारका घातक रोग लागेको खण्डमा सोको उपचारका लागि २० लाख रुपैयाँसम्मको घातक रोग बीमा र २ लाख रुपैयाँ सम्मको औषधी उपचार बीमा सुबिधा प्राप्त गर्न सक्ने छन् ।
यसमा बचतकर्ता र निजले तोकेका अतिरिक्त एक जनाले सो सुविधा प्राप्त गर्नेछन् । पार्टनर श्रेणी मार्फत शारीरिक अशक्तता वा मृत्यु भयो भने १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १० लाखको घातक रोग बीमा र मेडिकल जाँच बापत १ लाख रुपैयाँसम्मको मेडिकल बीमा गरी कुल २१ लाख रुपैयाँसम्मको बीमा फाइदाहरु यस बचत खातामा रहेका छन् । द पार्टनर अफ एन आई सी एशिया मार्फत उपलब्ध हुने सुविधा भने बचतकर्ताले मात्र प्राप्त गर्ने बैंकले जनाएको छ ।
वेल्थ म्याक्सिमाइजेसन
बैंकले अन्य सुविधा अन्तर्गत ५ वर्षको लागि डिम्याट खाता निःशुल्क, मेरो शेयर शुल्क निःशुल्क उपलब्ध गराइनुका साथै ५ वर्षसम्मको लागि पोर्टफोलियो व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । बैंकले यो खातावालालाई कर्जा दिँदा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्रै लगाउने छ भने बेस रेटमा १ प्रतिशतमात्रै प्रिमियम दर तोकेर कर्जा दिने जनाएको छ ।
डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग सेवाका फाइदाहरु के के छन् :
सर्वश्रेष्ठ (स्थानीय) बचत खातावालाको रुपमा तपाईंले अर्को प्रमुख फाइदा पाँच वर्षसम्म एन आई सी एशिया बैंकका सम्पूर्ण डिजिटल सेवाहरुको निशुल्क उपयोग गर्न पाउने छन् । बैंकले दिने डेबिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ ५ वर्षको सम्मको लागि निःशुल्क उपलब्ध गराइनेछ भने क्रेडिट कार्डको सीमा ५ लाखसम्म निःशुल्क र क्रेडिट कार्ड आबद्ध र जारी शुल्क निःशुल्क गराइने बैंकले जनाएको छ । क्रेडिट कार्डको वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, निःशुल्क चेक प्रोसेसिङ आरटीजीएस, आइपीएस शुल्क ५ वर्षको लागि निःशुल्क गरिएको छ ।
त्यसैगरी लकर शुल्क निःशुल्क गर्नुका साथै लकर मार्जिनमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै मुद्रा सटहीमा २५ पैसाको थप छुट दिइनेछ भने कुनै पनि स्वदेशी बैंकबाट नगद निकालेमा ५ वर्षसम्म अन्य कुनै शुल्क लाग्ने छैन ।
विगत दुई दशक भन्दा बढी समयदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको एन आई सी एशिया बैंकले आफ्ना देशभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकले आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।