Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मर्जरमा जाँदा सेवा सुविधाबारे सम्बोधन नभएको भन्दै बीमा क्षेत्रका कर्मचारीको आपत्ति

२०७९ श्रावण २० गते

बैंकिङ खबर/ ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले बिमाको कर्मचारीले पाउँदै आएको सेवा सुविधाको ग्यारेन्टी गरेर मात्र मर्जमा लैजान नियामक बीमा समितिलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार एक वक्तव्य जारी गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएको हो । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले बिमाको कर्मचारीले पाउँदै आएको सेवा सुविधाको ग्यारेन्टी गरेर मात्र मर्जमा लैजान नियामक बीमा समितिलाई ध्यानाकर्षण गराएको छ ।

यूनियनका अध्यक्ष पदम रेग्मीले यस क्षेत्रका कर्मचारीहरु पेशागत हकहित र सुरक्षामा गम्भीर हुन समेत आग्रह गरेको छ । युनियनले प्रेस विज्ञप्ति जारी गर्दै बीमाको कर्मचारीको राजगारी सुरक्षाको प्रत्याभुति गराउन भनेको छ ।बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजि पुयाउन निर्देशन दिएको छ ।

उक्त निर्देशन जारी भए पश्चात धैरै वटा कम्पनीहरुले मर्जरको सहमति पत्रमा हस्ताक्षर गरिसकेको र बीमा समितिले सैद्धान्तिक सहमति समेत दिई सकेको जानकारी विभिन्न पत्रपत्रिका र विद्युतिय संचार माध्यमा आईरहेकोमा संघले गम्भीर ध्यानाकर्षण गराएको छ ।बीमकहरुको पुँजिगत आधारलाई मजबुत गरी प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने र बीमा क्षेत्रमा रहेका अनेकन विसंगतिहरुलाई न्यूनिकरण गर्ने हेतुले नियामक निकायले बीमा क्षेत्रलाई लक्षित गरी ल्याएको यो मर्जर तथा प्राप्तिको अवधारणा हो ।