Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नबिल बैंकले माग्यो कृषि सल्लाहकार

२०७९ श्रावण १९ गते

बैंकिङ खबर/ नबिल बैंकले कृषि सल्लाकार मागेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै पहिलो तहको कृषि सल्लाकारको लागि १ जना कर्मचारी मागेको हो ।

बैंकका अनुसार पहिलो तहको सल्लाकारका लागि कृषि क्षेत्रमा ब्याचलर पास भएको र बैंक तथा वित्तिय संस्थामा ५ वर्षको काम गरेको हुनुपर्नेछ । साथै, सो व्यक्तिको प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हनुपर्नेछ ।

इच्छुकले आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर साउन २५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।