August 3rd, 2022

अब बैंकका नयाँ कर्मचारीलाई दुई हप्ते तालिम

बैंकिङ खबर/ अब बैंकका नयाँ कर्मचारीलाई दुई हप्ते तालिम दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरुलाई निर्देशन जारी गर्दै भर्ना लिएको १ महिनाभित्र २ हप्ताको तालिम अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ ।

बैंकहरुलाई जारी गरेको सर्कुलरमा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तीमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्नेछ ।’

ABC-Circular-no-2

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]