Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनसीएचएलमा खुल्यो रोजगारी

२०७९ श्रावण १७ गते

बैंकिङ खबर/ नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा १४ पदमा १७ जनाका लागि आवेदन खुलेको छ । नेपाल राष्ट्र बैंकबाट ‘भुक्तानी प्रणाली सञ्चालक’को कार्य गर्न अनुमतिप्राप्त संस्था एनसीएचएलले विभिन्न प्राविधिक पदका लागि आवेदन माग गरेको हो ।

एनसीएचएलले सफ्टवेयर डेभलपमेन्ट हेड, जाभा डेभलपर (फुल स्टक), जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए इन्जिनियर, स्ट्राटेजी एण्ड रिसर्च अफिसर र बिजुनेस डेभलपमेन्ट एक्जुकेटिभ पदमा आवेदन माग गरेको छ ।

त्यसैगरी, सेक्युरिटी एनालिष्ट (एसओसी), रिक्स एण्ड कम्प्लाइस एक्जुकेटिभ, टेक्निकल सपोर्ट ९इन्फ्रास्टक्चर०, सिनियर एनालिष्ट–इनोभेसन, एनालिष्ट–इनोभेसन, सर्पोट एनालिष्ट/एक्जुकेटिभ र एक्जुकेटिभ–फाइनान्स/एड्मिन पदमा आवेदन माग गरेको छ । संस्थाका अनुसार यी पदका लागि अगष्ट १० तारिकसम्म आवेदन दिन सकिनेछ ।