August 1st, 2022

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सौराहामा

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ चितवनको सौराहामा सम्पन्न गरेको छ। ‘अ बाउन्स ब्याक इयर ०७९/८०’ नाराका साथ सम्मेलन आयोजना गरिएको थियो। उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो।

सञ्चालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिनुभयो । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.व. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गर्नुभयो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०७९÷८० मा सेल्स रणनीतिका बारेमा सम्मेलनमा जानकारी गराउनुभयो ।

हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो।

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]