Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्रीमा जनार्दन शर्माको ‘रि इन्ट्रि’

२०७९ श्रावण १५ गते

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माले शपथ लिनुभएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिनुभएको थियो । संसदीय समितिले उहाँमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको हो ।

शर्माले शपथ ग्रहणपछि आइतबार साँझ नै पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उहाँलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्नुभएको थियो ।

Ad