Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी (विज्ञापनसहित)

२०७९ श्रावण १५ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकमा विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौंभित्र र काठमाडौं बाहिरका शाखाको लागि कर्मचारीको माग गरेको हो ।

बैंकले सूचना अधिकारी एक जना माग गरेको छ । यस पोष्टका लागि सम्बन्धीत विषयमा स्नातक गरेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । सेक्युरिटी अफिसर एक जनाको लागि आवेदन खुल्ला गरिएको हो । यो पोष्टका लागि नेपाल आर्मी, नेपाल पुलिसमा सम्बद्ध भई अनुभव लिएका व्यक्तिलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । यसका साथै केही संख्यामा चार्टड अकाउन्टेन, केही संख्यामा ब्रान्च म्यानेजर, सहायक सम्बन्ध प्रबन्धक र केही संख्यामा करार कर्मचारीको माग गरेको छ ।

इच्छुक एवम योग्यता पुगेका व्यक्तिलाई यहि साउन १० गतेभित्र कम्पनीको वेवसाइट मार्फत आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।