Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लक्ष्मी बैंकको सीईओमा पुनः शाह

२०७९ श्रावण १२ गते

बैंकिङ खबर/ लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त हुनुभएको छ । चार वर्षे कार्यकाल सक्नुभएका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँ यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त हुनुभएको थियो । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहनुभएका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बन्नुभएको छ । अब उहाँले ४ वर्षका लागि काम गर्नुहुनेछ ।

शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गर्नुभएको थियो । उहाँले सो बैंकमा १० वर्ष काम गर्नुभएको थियो । शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ ।

Ad