Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कृषि विकास बैंकको रोजगारीमा आवेदन दिने अन्तिम दिन, शुक्रबारदेखि दोब्बर दस्तुर

२०७९ श्रावण १२ गते

बैंकिङ खबर/ कृषि विकास बैंकमा रोजगारीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले स्थायी पदपूर्तिका लागि असार २४ गतेदेखि दरखास्त आह्वान गरेको थियो ।

बैंकले खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ। बैंकका अनुसार शुक्रबारदेखि भने दोब्बर दस्तुर तिरेर एक हप्तासम्म आवदेन दिन सकिनेछ ।

बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग गरेको छ। उक्त पदका लागि तपाईले अनलाइनबाट आवेदन दिन सकिने बैठकले जनाएको छ ।