July 27th, 2022

जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

बैंकिङ खबर/ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, बुटवलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, को तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि बाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नुहुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]