Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

२०७९ श्रावण ११ गते

बैंकिङ खबर/  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा.डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि= बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टर प्रा लि बाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नुहुनेछ ।