
बैंकिङ खबर/ बैंकहरु मर्जरमा जाँदा पाउने सुविधा उपभोग गर्न बैंक तथा वित्तीय संस्थाले पुस मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने भएको छ।
गत आर्थिक वर्षको मौद्रिक नीतिले बैंक मर्जर भएमा ९ वटा थप सुविधा पाउने उल्लेख गरेको थियो। सोहीअनुसार केही बैंकले मर्जरको समझदारी समेत गरेका छन्। अब थप ९ सुविधा पाउनको लागि पुस मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने नयाँ मौद्रिक नीतिमा उल्लेख छ। यसले बैंकहरुमाथि केही दबाब बढाएको छ।