July 22nd, 2022

गुराँस लाईफ इन्स्योरेन्सद्वारा बिमितको परिवारलाई चेक हस्तान्तरण

बैंकिङ खबर/  गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडको क्षेत्रीय कार्यालय पोखराले २१ लाख दुई हजार रुपैयाँको चेक रकम बिमितको परिवारलाई हस्तान्तरण गरेको छ ।

कम्पनिको क्षेत्रीय कार्यालय पोखरामा वि.सं.२०७८ भदौ ३० गते रु.२० लाख बिमाङ्कको जीवन बिमा गर्नुभएका पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नं. १, स्थाई घर भई हाल पोखरा महानगरपालिका १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा असामायिक निधन भएको हुँदा उहाँको धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं वरिष्ठक्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सिनाले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीवन बिमाको दियो बाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सिनाले जीवन बिमाले व्यक्ति नै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई बचाइराख्न जीवन बिमामा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ विभागमा कार्यरत यमुना श्रेष्ठ र देबेन्द्र अधिकारी, सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, सुरेन्द्र मोहन अधिकारी र गणेश कुमार श्रेष्ठ साथै अभिकर्ता गौमती गुरुङ र शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]