
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
मौद्रिक नीतिमा लघुवित्तसम्बन्धी व्यवस्थाहरु आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्य बमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गरिने बैक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निधारण गर्नुपर्ने व्यवस्था गरिने उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाहरुको आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्य बमोजिम नेपाल सरकारको समेत लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना भएपश्चात् पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्वि गर्ने सम्बन्धमा आवश्यक सहजीकरण गरिने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यबमोजिम कृषि कर्जामा सहज पु¥याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानुनी, संस्थागत र कार्य संचालन ढाँचाअनुसार कायान्वयन सहजीकरण गरिनेछ ।



