July 21st, 2022

गुराँस लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

बैंकिङ खबर/ गुराँस लाइफ इन्स्योरेन्सले २६ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ लाख रुपैयाँको दुई वटा मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले रौताहटकी समसा खातुन र तेह्रथुमकी कौशिला लिम्बुलाई १३–१३ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल (सीइओ)ले उक्त रकमको चेक हस्तान्तरण गरे ।

सीइओ लालले बीमा समितिले आर्थिक वर्ष (आव) २०७८÷०७९ लाई बीमा दावी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८÷०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दाबी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दाबी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]