Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान

२०७९ श्रावण २ गते

बैंकिङ खबर/ सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६ औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साउन २ गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा भएको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद पनि दिए ।