Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ : गभर्नर विरासिंघे

२०७९ श्रावण २ गते

बैंकिङ खबर/ श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिनुभएको छ ।  ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिदैन भन्नेमा धेरै अनिश्चितता छ’ उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय बेलआउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ ।’

अप्रिलमा मात्र केन्द्रीय बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गर्नुभएका नन्दलाल विरासिंघेले स्थिर प्रशासन बिना आवश्यक वस्तुहरू कसरी उपलब्ध गराउने भन्ने बारे अगाडिको बाटो नदेखेको बताउनुभयो ।  ‘हामीले यो महिनाको अन्त्यसम्म डिजेलको कम्तिमा तीन ढुवानी र केही एक वा दुईवटा पेट्रोल ढुवानीका लागि रकम बुझाउन सक्छौँ । तर, त्यसपछि हामी पर्याप्त विदेशी मुद्रा उपलब्ध गराउन सक्षम हुनेछौं कि छैन भन्नेमा धेरै अनिश्चितता छ,’ उहाँले भन्नुभयो ।

Ad