
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारको स्थायित्व तथा विकासका लागि पनि मर्जर आवश्यक रहेको बताउनुभएको छ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष हमालले भन्नुभयो, ‘कम पुँजी भएका र क्षमता वृद्धि गर्नुपर्ने कम्पनीहरुले प्राप्ति वा मर्जरमा जानुपर्ने र बीमा क्षेत्रको विकासमा लाग्नुपर्ने देखिन्छ । तर, मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर लामो समयसम्म कारोबार रोक्का हुन्छ । यसले गर्दा सेयर लगानीकर्ता समस्यामा पर्ने गरेका छन् ।’
यसलाई संशोधन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । यसका लागि धितोपत्र बोर्डले सम्बन्धित निकायहरुसँग छलफल जारी राखेको उहाँको भनाइ छ ।