
बैंकिङ खबर/ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका लागि प्रभावकारी पोलिसी ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएका छ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भन्नुभयो, ‘ठिक पोलिसी ल्यायौँ भने हामीले आगामी ७ वर्षमा चुक्ता पूँजीको हिसाबमा बैंकिङ क्षेत्रलाई पछि छोड्छौं ।’
बीमा कम्पनीको पूँजीको साइज बढाएर काम गर्न सक्ने अवस्थामा ल्याउन सकेमा बैंकिङ क्षेत्रलाई पछाडि पार्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले बीमा कम्पनीहरुलाई मर्जरमा जानको लागि दबाब दिएका छैनौं, चुक्ता पुँजी पु¥याउन भनेको हो । चुक्ता पूँजी पुर्याउनको लागि मर्जरमा जाने अथवा अरु विकल्प अपनाउने बीमा कम्पनीहरुकै कुरा हो । तर मैले मर्जमा जाने बीमा कम्पनीलाई सहयोग सहयोग गर्नका लागि बीमा समिति तयार छ ।’