July 17th, 2022

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ । एक आपसमा मर्जरमा भएपछि दुई कम्पनीले आइतबारबाट एकीकृत कारोबार शुरु गरेका हुन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो ।

कम्पनीले आगामी दिनमा बीमालाई सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अब बीमाको पहुँच पहुँचवाला वर्गमा मात्रै सिमित नहुने बताउनुभयो ।

हिमालयन जनरलले १६ जना कर्मचारीमार्फत सेवा शुरु गरेको थियो भने एभरेष्टले १८ जना कर्मचारीमार्फत सेवा सुरु गरेको थियो । अहिले हिमायनको शाखा संख्या २२६ र एभरेष्टको २१८ पुगेको छ । संयुक्त कारोबार पश्चात शाखा संख्या ७५ पुगेको छ ।

बजारको माग अनुसार शाखा कार्यालय थप गर्ने योजना कम्पनीले बनाएको छ । बजारको माग अनुसार शाखा कार्यालय बिस्तार गरिने इन्सोरेन्सका सीइओ शाहले बताउनुभयो । कुल बीमा शुल्क ३२५ करोड पुग्ने छ । चालू आवमा शाखा कार्यालयको संख्या १०० पुर्याउने योजना कम्पनीको छ ।

शाखा कार्यालय अनुसार नै व्यवसाय बिस्तार गर्ने, बीमाको पहुँच सबै क्षेत्रमा पुर्याउने योजना रहेको बताउनुभयो । इन्स्योरेन्सका अध्यक्ष राजिब सापकोटाले संयुक कारोबारपछि कम्पनीको पुँजीको आकार ठुलो हुने बताउनुभयो । संयुक्त मर्जर कमिटीका संयोजक अजय रत्न स्थापीतले एकीकृत कारोबार पश्चात् उत्कृष्ट कम्पनी बन्ने बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]