July 17th, 2022

अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्समा गाभिने, सीईओमा बज्राचार्य

बैंकिङ खबर/ अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्समा गाभिने भएको छ । मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुई इन्स्योरेन्सबीच १०० बराबर ७० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको प्रभु इन्योरेन्सका अध्यक्ष कुशुम लामाले बताउनुभयो ।

यससँगै अजोड इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले प्रभु इन्स्योरेन्सको ७० कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स नै हुनेछ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि प्रभुकै सञ्चित बज्राचार्य हुने छन् भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ बन्नुहुनेछ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ छ । १०० बराबर ७० को रेसियोमा मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै यी दुई कम्पनी एक आपसमा मर्जरमा गएका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]