July 14th, 2022

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्ज हुने

बैंकिङ खबर/ प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको अलफ्ट होटलमा दुई कम्पनीका अध्यक्षले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीमा एक आपसमा गाभिनका लागि दुबै कम्पनीको सेयर स्वाप रेसियो १ः१ अनुपातमा रहने उल्लेख छ । यस्तै दुबै कम्पनी एकआपसमा गाभिई नयाँ बन्ने कम्पनीको नाम भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुने बताइएको छ । मर्जरपछि कम्पनीको संचालक समितिमा प्रभु लाइफका अध्यक्ष सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई रहनुहुनेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]