
बैंकिङ खबर/ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिद्धार्थ इन्स्योरेन्सका अनुसार यी दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले आज मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुने जनाइएको छ । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रूपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रूपैयाँ छ । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।


