Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुले लिए ८९ खर्ब ८७ अर्ब एसएलएफ सुविधा

२०७९ असार २७ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले गत चालु आर्थिक वर्षको साउनदेखि असार २४ गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ४ हजार ७९२ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंकहरुले सरकारी ऋणपत्र धितो राखेर यस्तो सुविधा लिन पाउने व्यवस्था रहेको छ ।

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि उक्त रकम लिएका हुन्छन् । राष्ट्र बैंकका अनुसार असार २४ गते २० वटा कारोबारबाट ३३ अर्ब ६७ करोड रुपैयाँ बैंकहरुले एसएलएफ सुविधा लिएका छन् ।

Ad