Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामाजिक सुरक्षा भत्ता लघुवित्तमार्फत दिने व्यवस्था गरौँः भगवती चौधरी(भिडियोसहित)

२०७९ असार २८ गते

भगवती चौधरी
अध्यक्ष, फरवार्ड माईक्रोफाइनान्स

मौद्रिक नीतिले विशेष गरी मुलुकको समग्र अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउँछ । जिडिपी र जिडीआईलाई कतिसम्म बनाउँदा मुद्रास्फिती बढ्दैन भन्नेमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिले विशेष ध्यान दिनुपर्छ ।

योसँगै देशको अर्थतन्त्रमा राजस्व, करको दायरा, आयात, निर्यातलाई पनि मौद्रिक नीतिले प्राथमिकता दिनुपर्छ । यस्तै राज्यले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताहरु लघुवित्त संस्थाबाट दिने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्छ । यो व्यवस्था भएमा सर्वसाधारणले बैंकसम्म धाउनुपर्ने बाध्यता हट्छ । अहिले लघुवित्त संस्थाका शाखाहरु प्रायः सबै स्थानीय तहमा पुगेका छन् । उनीहरुले घरघरैमा पुगेर सेवा प्रदान गरिरहेका छन् । 

अर्कोतर्फ बैंकहरुले लिने ब्याज, त्यसको कस्ट अफ फण्ड १० वा १५ प्रतिशतको हाराहारीमा बनाउनुपर्दछ । यस्तो व्यवस्था भएमा १ वा २ प्रतिशत मार्जिन राखेर लघुवित्त संस्थाहरुले लगानी गर्न पाउँछन् । त्यसैले कस्ट अफ फण्डलाई लघुवित्तहरुको लागि ५ प्रतिशत भन्दा तल रहनुपर्छ ।

वाणिज्य बैंकहरुले लघुवित्तलाई दिने कर्जा राष्ट्र बैंकले नै तोकेको हुन्छ । वाणिज्य बैंकको ‘ए’ क्लासले ५ प्रतिशत वा बढाएर १० प्रतिशतसम्म दिएपनि केही फरक पर्दैन । तर ५ प्रतिशतको दरमा बढ्नुपर्यो । वेस रेट लगाइदिएमा प्रिमियम जोडेपछि त्यो कस्ट अफ फण्डहरु बढेर जान्छ । त्यसो हुँदा लघुवित्तलाई वेस रेटको दायरा नमानिकन ५ प्रतिशतभन्दा कम गरिदियो भने यसले १० प्रतिशतभन्दा माथि लगाउन पाउँदैन । राष्ट्र बैंकले प्रत्यक्ष कस्ट अफ फण्ड ५ प्रतिशतभन्दा कममा उठाउन पाउने अथवा वाणिज्य बैंकहरुले प्रवाह गर्नुपर्ने र लघुवित्त संस्थाले राष्ट्र बैंकले तोकेको रेटमा प्रवाह गर्नुपर्ने हुन्छ ।

लघुवित्त वित्तीय संस्थाहरु र वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले नै सुपरिवेक्षण तथा निर्देशन गर्ने भएकाले ३० प्रतिशत कर वाणिज्य बैंकले पनि तिर्छन् । यता लघुवित्तले पनि ३० प्रतिशत नै तिर्छन् । त्यसो भएमा १५ प्रतिशत कर लघुवित्तलाई लगाइदिने र त्यो १५ प्रतिशत कर लघुवित्त कोषमा जम्मा गरिदिने व्यवस्था गर्नुपर्छ । लघुवित्तमा फण्डको क्राइसिस हुँदा त्यो कोषबाट लिन पाउने अर्थात् कुनै समस्या आइपरेको बेलामा ग्राहकको लागि राहतको काम गर्न सकोस् भनेर नै हामीले त्यो कोषको माग गरिरहेका छौं ।

लघुवित्त कोषको निर्माण गर्ने र लघुबीमालाई प्राथमिकता दिने भनेर राज्यको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यसलाई मौद्रिक नीतिले विशेष जोड दिएको छ । तथापी मुद्रास्फितीलाई ब्यालेन्स हुने गरी राष्ट्र बैंकले मौद्रिक नीतिमा कायम गर्नुपर्छ ।

हेर्नुहोस् भिडियो

Ad