Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तको पहुँच १७.११ प्रतिशतले वृद्धि

२०७९ असार २२ गते

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको पहुँच १७.११ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धि बार्षिक प्रतिवेदन अनुसार नेपालमा लघुवित्तको कुल शाखा संख्या २०७८ साल असारसम्म ४ हजार ६२१ (केन्द्रीय कार्याल तथा क्षेत्रीय कार्यालय बाहेक) पुगेको छ । अघिल्लो वर्ष २०७७ असार मसान्तसम्म लुघवित्त संस्थाहरुको शाखा संख्या ३ हजार ९४६ रहेको थियो ।

२०७८ असार मसान्तसम्म प्रदेश नं. १ मा ७७२ (१६.७१ प्रतिशत), मधेश प्रदेशमा ९५७ (२०.७१) प्रतिशत, बागमती प्रदेशमा ६५४ (१४.१५ प्रतिशत), गण्डकी प्रदेशमा ५५१ (११.९२ प्रतिशत), लुम्बिनी प्रदेशमा १०७५ (२३.२६ प्रतिशत), कणाली प्रदेशमा १९८ (४.२८ प्रतिशत) र सुदुरपश्चिम प्रदेशमा ४१४ (८.९६ प्रतिशत) रहेको छ ।

सो वर्षभित्र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको शाखा संचालनमा आएको देखिएको छ । त्यस्तै, कर्णाली प्रदेशमा सबैभन्दा कम लघुवित्तहरुको शाखा विस्तार भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा देखिएको छ ।

त्यस्तै, अघिल्लो वर्षको तुलनामा भने सबैभन्दा बढी मधेश प्रदेशमा २२.६९ प्रतिशतले बृद्धि भएको देखिएको छ भने गण्डकी प्रदेशमा १०.२ प्रतिशतले मात्रै बृद्धि भएको देखिन्छ । २०७८ असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ४ हजार ६२१ रहेकोमा कुल सदस्य संख्या भने ५१ लाख ९१ हजार ३६३ रहेकोमा एउटा शाखाले मात्रै औसतमा १ हजार १२३ सदस्यलाई सेवा दिइरहेको देखिएको छ ।

त्यस्तै, २०७८ असार मसान्तसम्म संचालनमा रहेका ७० लघुवित्त संस्थामध्ये ४७ संस्था राष्ट्रियस्तर र १५ प्रदेशस्तर, १–३ जिल्लास्तर १, ४–१० जिल्लास्तर ६ र १९ जिल्ला कार्यक्षेत्र रहेको १ रहेका छन् ।

नेपालमा संचालित लघुवित्त वित्तीय संस्थाहरुले ७७ वटै जिल्लाबाट सेवा पु¥याएका छन् । साथै २०७८ असार मसान्तसमम लघुवित्त वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीको संख्या २० हजार ८७२ रहेको देखिएको छ ।