
बैंकिङ खबर/ नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अध्यक्ष अनीलकुमार उपाध्यायले पोलिसीमा रिभ्यु आवश्यक रहेको बताउनुभएको छ । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल म्यानले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष उपाध्यायले अर्थतन्त्रमा ३०० प्लस र ३०० माइन्स हुँदा असर गर्ने बताउनुभयो ।
उपाध्यायले बैंकहरु रेगुलारिटी सिस्टमबाट बाँधिएका पनि बताउनुभयो । अर्थतन्त्र मजबुत पार्न बाह्य र आन्तरिक स्रोतलाई कृषिमा जोड्नका लागि अवधारणा आवश्यक रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।