July 5th, 2022

लघुवित्त वित्तीय संस्थाहरूमा निष्कृय कर्जा ४ अर्ब ६५ करोड(पूर्णपाठ)

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरूमा निष्कृय कर्जा ४ अर्ब ६५ करोड रूपैयाँले बढेको छ । २०७७ असारमसान्तसम्ममा निष्कृय कर्जा ५ अर्ब ३० करोड रूपैयाँ रहेकोमा चालु आवको असार मसान्तमा ९ अर्ब ९५ करोड रूपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ सम्मको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार लघुवित्त कम्पनीहरूमा निष्कृय कर्जा ८७.८३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको तुलनामा ८७.८३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा लघुवित्तको निष्कृय कर्जा ९ अर्ब ९५ करोड रूपैयाँ पुगेको हो ।

२०७७ असार मसान्तसम्ममा लघुवित्त कम्पनीहरूमा निष्कृय कर्जा ५ अर्ब ३० करोड रूपैयाँ मात्रै थियो । २०७६ असारसम्मा लघुवित्तहरूमा निष्कृय कर्जा २ अर्ब ६० करोड रूपैयाँ थियो ।

गत आवको तुलनामा ११ वटा लघुवित्त कम्पनीको निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा धेरै छ । बुद्ध ज्योति लघुवित्त, नेरूडे, बीपीडब्लु, यूनिक, नेष्डो, सामुदायिक, कालिका, सुपर, मानुषी, नेपाल एग्रो र आत्मनिर्भर लघुवित्तको निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा धेरै पुगेको हो । जसमध्ये बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात ८.८१ प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकका अुनसार आर्थिक वर्ष २०७७-७८ मा लघुवित्तहरूको कुल निक्षेप तथा सापटीमा ३५.९७ प्रतिशत र कर्जा ३९.१४ प्रतिशतले बढेको छ । यससँगै समीक्षा अवधिमा लघुवित्तको कर्जा र निक्षेप तथा सापटी अनुपात १०५.८० प्रतिशतबाट बढेर १०८.२७ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असारसम्ममा लघुवित्तहरूले ३ खर्ब ३७ अर्ब ६२ करोड रूपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन २०७७ असारसम्ममा २ खर्ब ४८ अर्ब ३१ करोड रूपैयाँ थियो ।

त्यस्तै, लघुवित्तहरूले २०७८ असारसम्मा ३ खर्ब ६५ अर्ब ५५ करोड रूपैयाँ बराबरको कर्जा तथा सापटी गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ६२ अर्ब ७२ करोड रूपैयाँ थियो ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड रूपैयाँ रहेको देखिन्छ । २०७८ असार मसान्तमा ब्याज आम्दानी ४५ अर्ब २४ करोड रूपैयाँ, ब्याज खर्च १८ अर्ब १५ करोड रूपैयाँ र संचालन आम्दानी ४१ अर्ब ५८ करोड रूपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरूमध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरूमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको तथ्यांकले देखाएको छ ।

हेर्नुहोस् पूर्णपाठ

Annual-Report-MFPSD-207778

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]