
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले सोमबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनमा राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १२ को बुदा नं.११) बमोजिम लघुवित्त वित्तीय संस्थाहरुले कुल निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, सारथी नेपाल लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थालाई हर्जाना लगाएको समेत जनाएको छ ।
त्यसैगरी, बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीएको एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १ को बुँदा नं. १ मा लघुवित्त वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७७-७८ मा तोकिएको पुँजीकोष कायम गर्न नसकेका कारण शीघ्र सुधारात्मक समाज लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ ।
हेर्नुहोस् पूर्णपाठ



