July 4th, 2022

हुण्डी कारोबारीविरुद्ध ८ करोड बिगो दाबी गर्दै मुद्दा

 


बैंकिङ खबर/ हुण्डी कारोबारको आरोपमा गणेश पौडेल नाम गरेका व्यक्तिविरुद्ध राजस्व अनुसन्धान विभागले ८ करोड २३ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम विभागले काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो।

विभागका अनुसार कुश्मा १, पर्वत स्थायी घर भई हाल काठमाडौं २२ सामाखुशी बस्ने गणेश पौडेलले विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएको छ।

निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको अध्ययनबाट देखिएको विभागले उल्लेख गरेको छ।

विभागले भनेको छ, ‘प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिन्छ।’ विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाणहरुबाट प्रतिवादी गणेश पौडेलले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिई विदेशी विनिमय अपचलन गरेको विभागले बताएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]