Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नबिल बैंकका सीईओ ढुङ्गाना शुक्रबारबाट कार्यभार सम्हाल्दै

२०७९ असार १६ गते

बैंकिङ खबर/ नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्नुहुने भएको छ ।

उहाँले शुक्रबार अर्थात् असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्नु हुनेछ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहनुहुनेछ । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

एनबी बैंकका कर्मचारीहरूको भने एक तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ । एनबीलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।