Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उपभोक्ता मुल्यवृद्धिको कहर

२०७९ असार १४ गते

अर्पण पौडेल

सामान्य अर्थमा बुझ्दा बस्तु तथा सेवाहरुको मूल्यमा आएको सिमान्त वृद्धि तथा मुद्राको क्रय क्षमतामा देखिएको क्रमिक ह्रासलाई मुद्रास्फितिका रुपमा बुझ्न सकिन्छ । जसलाई विभिन्न वृहत तथा सुक्ष्म आर्थिक, मौद्रिक एवं परिस्थितीजन्य चरहरुले निर्धारण गरिरहेका हुन्छन् भने मौद्रिक नीतिमार्फत मुद्रास्फितिलाई एक निदृष्ट दायरामा राखी मुल्यस्थिरता कायम गर्ने हेतुले केन्द्रीय बैंकहरु निरन्तररुपमा अभ्यासरत रहन्छन् ।

वर्तमान विश्वमारीका कारणले बस्तु तथा सेवाको आपुर्तिमा देखिएको अवरोधका बीचमा क्रमिकरुमा चुलिँदो माग, श्रमबजारमा देखिएको अभाव, बढ्दो मूल्य वृद्धि, रसिया र युक्रेन बीचको द्वन्द्व, पेट्रोलियम पर्दाथको मुल्यमा देखिएको अत्याधिक वृद्धि, अमेरिकी डलरको विनिमयमा कायम भएको अधिमूल्यन आदि जस्ता अनेकन वृहतचरहरुको एकमुष्ठ प्रभावकारुपमा वर्तमान समयमा विश्वको मुद्रास्फिती ७.८ प्रतिशतको हाराहारीमा पुगेको छ । जसलाई पछिल्लो समयमा विश्व बैंकबाट प्रकाशित ग्लोवल इकोनेमिक प्रोस्पेक्टमा २००८ पछिको उच्च बिन्दुका रुपमा समेत उल्लेख गरिएको छ ।

यसरी विश्वव्यापी रुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् भने कोभिड केन्द्रित नीतिगत लचकताहरुलाई पनि क्रमशः कटौती गरिरहेका छन् । यस्तै कारणहरुले गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा झै सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै कायम रहने प्रक्षेपण गरिसकेको छ ।

त्यसैगरी सन् २०२२ मा विकसित मुलुकहरुको औसत मुद्रास्फीति ५.७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति ८.७ प्रतिशत रहने समेत प्रक्षेपण भैसकेको छ ।

संयुक्त राज्य अमेरिकामा चार दशकपछि मुद्रास्फीति ८.३ प्रतिशतको रहेको देखिन्छ भने अप्रिल, २०२२ मा भारतमा खुद्रा मूल्य सूचकाङ्कको वृद्धिदर १७ महिनायताकै उच्च ७.७९ प्रतिशत रहदा थोक मूल्य सूचकाङ्क १५.०८ प्रतिशतले वृद्धि भएका भेटिन्छ । त्यस्तै गरि चाइनाको वर्तमान मुद्रास्फिती वार्षिक बिन्दुगत आधारमा हेर्दा ०.८५ प्रतिशत बाट २.०८ प्रतिशतमा उक्लिएको छ ।

यस्तै पृष्ठभूमीमा नेपाली अर्थतन्त्रमा प्रतिविम्वीत भएका मुद्रास्फिती वा मुल्य वृद्धिका उत्प्रेरकहरु, परिणाम तथा असरहरु लगायत मुल्यवृद्धिका प्रतिकुलता व्यवस्थापनका केहि उपायहरुका बारेमा चर्चा गर्न खोजिएको छ ।

कारकहरु

कोरोना कहरबाट सृजृत बन्दाबन्दी लगायत वर्तमान समयमा विश्व अर्थतन्त्रमा देखिएका विभिन्न श्रृङ्खलाहरुको बहुआयामिक गतिविधिधिहरु नै मुल्यवृद्धि वा मुद्रास्फितीका प्रमुख कारकका रुपमा लिन सकिन्छ । यस्ता प्रभावहरुको प्रकृतिक विश्लेषण गर्दा मुलतः मुल्यवृद्धिका पछाडि निम्न प्रकारका चरहरु प्रमुख कारका रुपमा सक्रिय रहेको भेट्न सकिन्छ ।

माग निर्देशित कारक

अर्थतन्त्रतमा जब बस्तु तथा सेवा उत्पादनको सिमान्तवृद्धिदर भन्दा अधिक गतिमा बजारमा मुद्रा आपुर्ति बढ्न जान्छ तब माग निर्देशित गतिविधिहरुले बजारमा मुल्य वृद्धि गराउन थाल्दछन् । यो बस्तु तथा सेवाको आपुर्तिमा देखिने अवरोधका बीचमा सरकारी खर्चमा वृद्धि, बैंकहरुको अधिककर्जा प्रवाह, परिस्थितीजन्य मौद्रिक राहतहरु आदि जस्ता विविध कारणबाट बजारको क्रयशक्ति बढेको अवस्था पनि हो ।

कोरोनाको समयमा आपुर्तिमा अवरोध हुँदा राज्यले आफ्ना नागारिकहरुलाई प्रदान गरेका परिस्थिती जन्य सहुलियतहरु, संकलित वित्तीय तरलताको आडमा बैंकहरुले कर्जा प्रवाहमा देखाएको आक्रमकता आदि जस्ता क्रियाकलापहरुले उपभोक्ताको समग्रमागमा सबलता सृजना गर्दै गर्दा श्रमशक्तिको अभाव, कच्चा पर्दाथहरुको अवरोधपूर्ण न्यून आपुर्तिका कारणले उपभोग्य बस्तु तथा सेवाको आपुर्तिमा ह्रास आउँदा विद्यमान मुल्यवृद्धिको अवस्था सृजना भएको पाइन्छ ।

लागत निर्देशित कारक

उपभोग्य बस्तु तथा सेवाहरुको उत्पादनका लागि आवश्यक विभिन्न गतिविधिहरुको लागतमा आएको वृद्धिको कारणले बस्तु तथा सेवाहरुको मुल्यमा देखिने वृद्धिलाई लागत निर्देशत गतिविधिहरु अन्तर्गत विश्लेषण गर्न सकिन्छ ।

बस्तु तथा सेवा उत्पादन, परिवहन तथा उपभोगको मेरुदण्डका रुपमा रहेको पेट्रोलियम पर्दाथको मुल्यमा आएको वृद्धि, अमेरिकी डलरको तुलनामा स्थानीय मुद्रामा देखिएको अवमुल्यन, श्रमबजारमा देखिएको अभाव, रसियाको युक्रेन माथिको हमलाबाट सृजृत आपुर्ति प्रणालिको अवरोध आदि जस्ता विभिन्न कारकहरुको समग्र असरका रुपमा वर्तमान समयमा लागत वृद्धिको माध्ययमबाट समेत मूल्यवृद्धि चुलिँदो अवस्थामा देखिन्छ ।

अनुभूतिजन्य कारक

अर्थव्यवस्थामा विगतमा देखिएका मुल्यवृद्धिलाई आँकलन गर्दै बस्तु तथा सेवा उत्पादक तथा उपभोक्ताहरुले अनुभूतिजन्य आधारमा बजारको महंगाईलाई सर्मथन गर्दा यस्तो किसिमको मुल्यवृद्धिको सृजना भैरहेको हुन्छ ।

यिनै कारकहरुको तिव्रताका आधारमा मुद्रास्फिति घिस्रिँदै बढ्ने, हिँड्ने, बेलगाम हुने तथा मुद्रास्फितिजन्य मन्दी सम्मको मुल्यवृद्धिको दुश्चक्रमा आर्थिक क्रियाकलापहरु पर्ने अवस्था सृजना हुन्छन् । मुद्रास्फितिका त्रासदी हेर्न सन १९४५/४६ तिरको लगभग १५ घण्टामै बस्तु तथा सेवाहरुको मुल्य डबल भएको प्रवृत्ति झेलेको हंगेरी, सन् २००७/८ तिरको लगभग २४ घण्टामै बस्तु तथा सेवाहरुको मूल्य डबल हुने प्रवृत्ति देखेको जिम्बाबे, वर्तमान समयमा भेनेजुयलाले भोगेका श्रृङखलाहरुलाई लिन सकिन्छ ।

वर्तमान विश्वको अर्थतन्त्र विभिन्न अन्तरनिर्भित चरहरुमार्फत जोडिएको हुनाले मुद्रास्फितिको कहर एक राष्ट्रबाट अर्को राष्ट्रमासरुवारोग जस्तै फैलने प्रवृत्तिहरु समेते भेटिन्छन् ।

अनुभूतिजन्य कारकः अर्थव्यवस्थामा विगतमा देखिएका मुल्यबृद्धिलाई आकंलन गर्दै बस्तु तथा सेवा उत्पादक तथा उपभोक्ताहरुले अनुभूतिजन्य आधारमा बजारको महंगाईलाई सर्मथन गर्दा यस्तो किसिमको मुल्यवृद्धिको सृजना भैरहेको हुन्छ । यिनै कारकहरुको तिव्रताका आधारमा मुद्रास्फिति घिस्रिदै बढ्ने, हिँड्ने, बेलगाम हुने तथा मुद्रास्फितिजन्य मन्दी सम्मको मुल्यवृद्धिको दुश्चक्रमा आर्थिक क्रियाकलापहरु पर्ने अवश्था सृजना हुन्छन् ।

मुद्रास्फितिका त्रासदी हेर्न सन १९४५-४६ तिरको लगभग १५ घन्टामै बस्तु तथा सेवाहरुको मुल्य डबल भएको प्रबृत्ति झेलेको हंगेरी, सन २००७-८ तिरको लगभग २४ घन्टामै बस्तु तथा सेवाहरुको मुल्य डबल हुने प्रबृत्ति देखेको जिम्बाबे, बर्तमान समयमा भेनेजुयलाले भोगेका श्रृङखलाहरुलाई लिन सकिन्छ । वर्तमान विश्वको अर्थतन्त्र विभिन्न अन्तरनिर्भित चरहरुमार्फत जोडिएको हुनाले मुद्रास्फितिको कहर एक राष्ट्रबाट अर्को राष्ट्रमासरुवारोग जस्तै फैलने प्रबित्तिहरु समेते भेटिन्छन् ।

बढ्दो मुल्यवृद्धिका स्थानीय असरहरु

देशको चालु आर्थिक बर्षको दश महिनामा रु.१६०४ अर्ब ६५ करोडको आयात तथा रु.१७३ अर्ब ३५ करोडको निर्यातको अवश्था हेर्दा देशको आयात निर्यात अनुपात ९.२६ कायम भएको देखिन्छ । यसरी हेर्दा हामीले १ रुपैया बराबरको निर्यात गर्दा करिब ९.२६ रुपैया बराबरको आयात गरेको प्रष्टहुन्छ जसमा २० ओटा बस्तुको आयातले कुल आयातमा करिब ६२ प्रतिशत हिस्सा ओगटेको छ भने पेट्रोलिय पदार्थको आयातले मात्रै करिब १६ प्रतिशतको भार बोकेको छ । तत्थ्यहरुले संकेत गरेझै हाम्रो अर्थतन्त्र आयातमुखि नै हो । हाम्रो आयातमा अधिकांश हिस्सा भारतले ओगटेको छ भने केहि हिस्सा अन्य राष्ट्रहरुमा समेत केन्द्रित छ ।

आयातको चटारो धन्नकै लागि हामिलाई नियमितरुपमा भारतिय मुद्रा, अमेरिकी डलर आदि जस्ता विदेशी मुद्राकोे अवश्यकता परिरहन्छ । हाम्रो विदेशी मुद्रा आपुर्तिको प्रमुख स्रोत भनेकै विपे्रषण आय हो । जस मार्फत देशमा चालु आर्थिक वर्षको बैशाख मसान्त आउदा रु.८११ अर्ब ७९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।

प्राप्त विप्रेषण आयलाई समग्र बस्तु आयात लागतका आधारमा हेर्दा करिब ५०.६० प्रतिशत हुन आउछ जसले विप्रेषण आयलबाट देशको आयात केन्द्रित बिदेशी बिनिमय मागको करिब ५० प्रतिशत मात्रै परिपुर्ति गर्ने प्रवृत्ति देखाउँछ । आयात बाहेक पनि वैदेशिक क्रृण तथा ब्याज भुक्तानीका लागि पनि विदेशी मुद्रा आवश्यक हुन्छ जसका लागि वार्षिक वित्तियनिती मार्फत सरकारले अन्य विभिन्न विकल्पहरु जस्तै वैदेशिक क्रृण, अनुदान, आन्तरिक पर्यटन क्षेत्र प्रर्वद्धन आदि जस्ताविविध व्यवस्था गरिएका छन् जसको कार्यान्वयन भने अपेक्षकृतरुपमा भएको देखिँदैन ।

भारत तथा विश्वका अन्य देशहरुमा देखिएको मुल्यबृद्धिले उत्पादन महंगो भई नेपालले आयात गर्ने बस्तु तथा सेवाहरु पनि महंगो बन्दै गएबाट मुल्यवृद्धिपनि सँगसँगै आयात भएको देखिन्छ ।

वर्तमान समयमा अमेरिकी डलरको बिनिमयको सर्वाधिक बन्दै गर्दा नेपाली मुद्रा कमजोर भएको छ जस बाट एकातिर नेपालमा बस्तु तथा सेवा आयात, वैदेशिक क्रृण तथा अनुदानको बाटो हुँदै मुल्यवृद्धि भित्रदो छ भने अर्कोतिर पेट्रोलियम पर्दाथको मुल्यमा देखिएको अधिक वृद्धिले आयात एवं स्थानीय उत्पादन दुबैलाई पुनः मुल्यवृद्धि तर्फनै उत्पे्रेरित गरेको छ । जसलाई तलको ग्राफमा विगत ५ बर्षका वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फितिको ऐतिहासिक उचाईले प्रष्टाएका छन् ।

वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फितिको अवस्था

पछिल्ला अवस्थाहरु हेर्दा उपभोक्ताहरुले खाद्य तथा गैर खाद्य बस्तुहरुको मुल्यमा उच्च वृद्धि महसुस गरिरहेको देखिन्छ भने हिमालीमा तुलनात्मकरुपमा अधिक मुल्यवृद्धिको चाप महसुस गरिएको देखिन्छ । क्षेत्रगत हिसाबले समग्र, खाद्य तथा पेय तथा गैर खाद्य तथा सेवा सम्बन्धि गतिबिधीहरु स्थानीयहरुले भोग्नु परेका मुल्यवृद्धिका अवस्थाहरु तलको ग्राफबाट स्पष्ट हुन्छ ।

हिमालका उपभोक्ताहरुमा खाद्य तथा पेय पर्दाथको मुल्य वृद्धि अधिक हुँदा, पहाडमा गैर खाद्य तथा सेवा महंगो बनेको छ । त्यसैगरी काठमाडौं एवं तराईमा गैर खाद्य तथा सेवा सम्बन्धि गतिविधिहरु अधिक महंगाईको चपेटामा परेका छन् । २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत पुगेकोतलको ग्राफ स्पष्ट देख्न सकिन्छ ।

खाद्य तथा पेय पदार्थको मुल्यवृद्धिको अवस्था

घिऊ, तेल, फलफुल, गेडागुडि तथा दाल जन्य उपभोगहरु यतिबेला अत्याधिक महंगा बन्दै गरेको देखिन्छ । त्यसैगरी गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति पनि अत्याधिक रहेको तलको ग्राफबाट स्पष्ट हुन्छ ।

गैर–खाद्य तथा सेवा समुहको मुल्यवृद्धिको अवस्था

समग्रमा हेर्दा उपभोक्ताहरु हरेक बस्तु तथा सेवा उपयोगमा उच्च मुल्य वृद्धिको सामना गरिरहेका छन् भने पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धिले त आर्थिक क्रियाकलापहरु झनै अक्रान्त बनेका छन् । मुल्य बढेकै कारण यातायात व्यवस्था विभागले सवारीे भाडा वृद्धि गरिसकेको छ भने नेपाल वोटल वाटर उद्योग संघले पानीको मूल्य समेत बढाई सकेको छ ।

रुस तथा युक्रेनबाट आयात हुने सोयाविन, सनफ्लावर तथा तोरीको तेलको कच्चा पर्दाथ थप मुल्य बृद्धिको चपेटामा छ । इन्धनको मूल्यवृद्धिका कारण बायु सेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका छन । सरकारले पछिल्ला दिनमा पेट्रालियम पर्दाथको मुल्यमा समायोजन गरि केहि राहत सृजना गर्न खोजेको भएपनि सर्बत्र मुल्यवृद्धिको कहर भने यथावतनै छ ।

अमेरिकी डलरको बिनिमयमा आएको बृद्धिले निर्यात प्रोत्साहित भई पर्यटन, हस्तकला लगायत नेपाली सामानको निकासीकर्ताको आयमा वृद्धि हुने, विप्रेषण आयमा वृद्धिहुने आदि जस्ता केहि सकरात्मक बाह्यताहरु देखिने भएतापनि विदेशबाट कच्च पर्दाथ ल्याएर उत्पादन गर्ने, बस्तु तथा सेवाहरु आयात गरेर थोक तथा खुद्रा व्यावसाय गर्ने आदि जस्ता गतिविधिहरु महंगाईका चपेटा पर्नेछन् भने सरकारलाई विदेशी क्रणको सावा तथा व्याज भुक्तानीमा थप भार सृजना हुनेछ भने अध्ययन, भ्रमण तथा औषधी उपचारर्थ विदेश जाने नेपालीहरुले थप महंगाईको सामना गर्नु पर्ने देखिन्छ ।

विद्यमान आयात निर्यात अनुपातलाई नियाल्दा नेपालमा अमेरिकी डलरको विनिमयको अधिमुल्ययनले प्रतिकुलतामै दबाब पर्ने देखिन्छ । आउदो आर्थिक वर्षको वितरणमुखी बजेटको कार्यन्वयन, आउदो आम निर्बाचन, रोजगारीबाट प्राप्त आयमा लाग्ने करका दर एवं दायारामा गरिएका परिर्वतन आदि जस्ता चरहरुले उपभोक्ताको समग्र माग पक्षलाई सबल गराउँदै नेपाली अर्थतन्त्रमा मुल्यवृद्धिमा टेवा पु¥याउने देखिन्छ भने पेट्रोलियम पर्दाथको मुल्यवृद्धि, अमेरिकी डलरको बढ्दो बिनिमयदर, रसिया–युक्रेन द्वन्द्व आदिले उत्पादनकर्ता एवं सेवा प्रदायकहरुको लागत वृद्धि गर्दै पुनः मुल्यवृद्धिमानै टेवा पुग्ने देखिन्छ ।

प्रतिकुलता व्यवस्थापनको उपायहरु

चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको आंकडाहरु नियाल्दा विगत मुलुक यतिबेला विगत ६ वर्ष यताकै अधिक मुल्यवृद्धिको चपेटा परेको देखिन्छ । केहि निश्चित पुर्वशर्तहरुमा आधारित रहेर महंगीका सूचकहरु गणना गरिने भएकोले बजारको बास्तविक मुल्यवृद्धि प्रकाशित तत्थ्यहरुमा देखिएको भन्दा अधिक रहन सक्ने सम्भावना समेत लाई मध्यनजर गर्दा महंगाईको दुष्चक्र आँकडामा देखिएको भन्दा अझै जटिल रहेको सजिलै आंकलन गर्न सकिन्छ ।

महंगीको प्रभाव सर्वसाधारणको दैनिक चुलो चौकोसम्मै पुग्दा समेत विद्यमान अन्तर्राष्ट्रियस्तरमा देखिएको स्वस्फुर्त उपजका रुपमा परिस्थितीलाई आँकलन गर्दै सरकार मौन छ ।यहिअवशरको प्रयोग गर्दै बजारमा विचौलियाहरुका नाफामुखि गतिविधिहरु मौलाई परिस्थिती झन विकराल बन्दै गर्दा समेत मुल्य अनुगमनको दायित्व बोकेका केन्द्रीय, प्रादेशिक तथा स्थानिय निकायबाट अध्ययन, अनुगमन नगरी चुपचाप बस्दा ढोकैमा पुगेको सिंहदरबारको अनुभूति सर्वसाधारणले गर्न पाएका छैनन् ।

परिस्थितीको विषमताबाट बच्नका लागि अबका दिनहरुमा नेपाली उपभोक्ताहरुले पेट्रोलियम पर्दाथको उपभोग कटौति गर्दै विद्युतिय सामग्री एवं उपकरणहरुको प्रयोगमा ध्यान दिनुपर्ने देखिन्छ । आयात प्रतिस्थान गर्न सकिने संम्र्पुण सम्भावनाहरुको देशभर भरपुर सदुपयोग गर्दै विलासितामुखी उपभोगहरु कटौतीमानै बुद्धिमत्तता हुनेछ । विदेशबाट नेपाल रकम पठाउँदा हुण्डी लगायत अन्य अनौपचारिक संयन्त्रको सट्टा औपचारिक माध्ययमको चयन गर्न सक्ने हो भने देशलाई नै ठूलो राहत मिल्ने छ ।

वर्तमान मुल्यवृद्धिलाई सम्बोधन गर्ने उपायका रुपमा विश्वका अन्य राष्ट्रहरुमा जस्तै नेपालमा पनि अबको मौद्रिकनितीले केहि कठोरता अबलम्बन गर्न नसक्ने हो भने आगामि आर्थिक बर्षको लागि तय गरिएको ७ प्रतिशतमा समेटिने मुद्रास्फितिको लक्ष्य हासिल गर्न कठिन हुने देखिन्छ ।

(उल्लेखित विचारहरु लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)

Ad