Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

स्वाप रेसियो, सीईयो लगायतका विषयमा आएका समाचारप्रति सूर्या र ज्योतिको ध्यानाकर्षण

२०७९ असार १३ गते

बैंकिङ खबर/ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जानका लागि दुई कम्पनीहरु बीच प्रारम्भिक समझदारी भएको अवस्थामा केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार सार्वजनकि भएको भन्दै दुबै कम्पनीले ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै केही संचार माध्यमहरुमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयमा आम सरोकारवालाहरुमा भ्रम श्रृजना हुने गरी सूचना प्रवाह भएको विषयमा दुवै कम्पनीको ध्यानाकर्षण भएको जनाइएको छ।

स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृतलगायत मर्जर सम्बन्धी आवश्यक सबै विषयहरु कम्पनीहरुको डीडीए र एक्कुरेसी भ्यालुएसन, बीमा समितिबाट तोकिएको आधार लगायत, प्रचलित कानुन र मापदण्डहरको आधारमा दुवै कम्पनीहरुको सहमतिपश्चात मात्र टुंगो लाग्ने भएकोले यस्ता प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको दुबै कम्पनीले जनाएका छन्।