Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ टिएमएस राख्न नेप्सेले जारी गर्‍यो कार्यविधि(पूर्णपाठसहित)

२०७९ असार १३ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीकोलागि कार्यविधि जारी गरेको छ। नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो।

कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनुपर्ने छ। दिएको निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिने छ। नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्ने छ। नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक ३५ हजार रुपैयाँ समेत बुझाउनु पर्ने छ। जुन रकम अर्ध वार्षिक रुपमा एकमुष्ट बुझाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

हेर्नुहोस्

Ad